काठमाडौं । शेयर बजारमा बुधवार(आज) सामान्य वृद्धि भएको छ ।
आज नेप्से परिसूचक ५.१७ अंकले बढ्दै २३७६.१७ विन्दुमा पुगेको छ । २ सय २८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।