भाषणले वाक्क लागेर कविता सुन्न आएः प्रदेश प्रमुख खापुङ

न्युजलय २० चैत २०७८, आइतबार ०८:३८ मा प्रकाशित

 विराटनगर । प्रदेश नं. १ प्रमुख परशुराम खापुङले सधैँ भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा आनन्द लागेको बताएका छन् । 

प्रदेश नं. १ स्तरीय वृहत् वाङ्मय सङ्गोष्ठीको समापन कार्यक्रमको प्रमुख अतिथिको रूपमा पुगेका खापुङले यस्तो भनेका हुन् । 

प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित सङ्गोष्ठीमा १४ जिल्लाकै साहित्यिक मनहरू सहभागी थिए । 

दुई दिने कार्यक्रममा पहिलो दिन गजल वाचनको कार्यक्रमको राखिएको थियो भने दोस्रो दिन कविता वाचन राखिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव डा.जगतप्रसाद उपाध्याय, प्राज्ञ प्रा.डा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपालको पनि उपस्थिति थियो ।