सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो ।
ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् । राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछयानबाट नउठेपछि परिवारका सदस्यले हेर्दा कठ्यांग्रिएर मृत्यु भएको पाइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हो भनेर जानकारी लिने काम भइरहेको जनाएको छ ।