मेष । रचनात्मक कार्यमा जुड्ने समय रहेको छ। आम्दानीको नयाँ अवसर प्राप्त हुनेछ। भविष्यको लागि जग बसाउने अवसर प्राप्त हुनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष । व्यापार व्यवसायमा राम्रो लाभ रहनेछ। पुरानो कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेदारी प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । भाग्यको साथ मिल्नेछ। अप्ठ्यारा परिस्थितिलाई बुद्धिको उपयोगले सजिलो बनाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। विदेशतिरबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
सिंह । लगनशीलताले प्रतियोगितामा विजय प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ उपलब्धिले जोश र जागर बढ्नेछ। कार्य रोकिने भयले मन चिन्तित रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या । विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। अधिकार र प्रतिष्ठा जोगाउनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला । आफन्तहरूसँग रमाइलो यात्राका योग छन्। विद्यार्थीहरूलाई अध्ययनमा राम्रो प्रगति हुने समय रहेको छ। महत्त्वपूर्ण कार्यहरूमा सहयोगीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक । समयमा साथ नमिल्नाले आत्माबलमा कमी आउनेछ। अर्थ अभावले योजना रोकिन सक्लान्। अरुको स्वार्थमा उपयोगी भइएला सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु । गरिएका कामको राम्रो प्रतिफल प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ र प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सकिनेछ। मेहनतले सफलता दिलाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
मकर । प्रतिस्पर्धीहरूबाट पनि सहयोग मिल्नेछ। मित्रता र प्रेमको सम्बन्ध कसिनेछ। लेखन वा अभिव्यक्ति कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । समाजमा मान प्रतिष्ठा बढ्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रशासनिक पक्षबाट सहयोग मिल्नेछ। नयाँ कार्य हात लाग्नेछ। यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
मीन । कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नहोला। खर्चिलो कामले अर्थ अभाव निम्त्याउनेछ। सामाजिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
स्रोत हाम्रोपात्रो