गंगालाई जोडेर झुटो कुरा उछाल्नु लोकतन्त्रविरुद्धको हमला स् प्रचण्ड

न्युजलय ३ पुस २०८०, मङ्गलबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद(बिक्री प्रकरणमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाललाई जोडेकोमा आपत्ति जनाएका छन्।

एनसेलको सेयर खरिद(बिक्री प्रकरणलाई लिएर संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूका जिज्ञासाको उत्तर दिने क्रममा दाहालले यस्तो भनेका हुन्।

दाहालले आफ्नो परिवारमा अब दुईजना मात्रै छोरी बाँकी रहेको बताउँदै अनावश्यक आरोप नलगाउन सांसदहरूलाई सुझाए।

दाहालले आफूलाई हमला नगरी अहिलेको व्यवस्था नउल्टिने बुझेकाले आक्रमण गरिरहेको पनि बताए।