काठमाडौं । आइतबार शेयर कारोबार नराम्रोसँग तल झरेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन नेप्से उच्च अंकले घटेको छ।
आज नेप्से ६० दशमलव ८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलव ७५ विन्दुमा झरेर बन्द भएको हो।
आज शेयर बजारमा उच्च अंकको गिरावट आए पनि कारोबार रकम भने तीन अर्ब रुपैयाँभन्दा बढी भएको छ ।
आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।