माओवादी केन्द्र इटहरीको इन्चार्जमा मदन चुँडाल

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०१:३१ मा प्रकाशित

इटहरी । नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाको इन्चार्जमा मदन चुँडाल नियुक्त भएका छन् । १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठकबाट चुँडाललाई इटहरी इन्चार्जको जिम्मेवारी दिइएको हो ।


इटहरीलाई कार्य क्षेत्र बनाएका चुँडाल राजनीतिसँगै व्यवसायमा समेत सक्रिय छन् ।