राष्ट्रपति भण्डारीसमक्ष ब्राजिल र कोरियाका नेपाली राजदूतद्वारा शपथ ग्रहण

न्युजलय ५ भदौ २०७९, आइतबार १०:५५ मा प्रकाशित

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्  । 

राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहकाबीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजीलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्रा.डा.ज्योति प्याकुरेल (भण्डारी) राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । 

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको समेत सहभागिता रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।