इटहरीमा विवाहमा कुटपिट हुँदा बेहुली पक्षका युवकको मृत्यु

न्युजलय १० बैशाख २०७९, शनिवार ०८:१६ मा प्रकाशित

इटहरी । इटहरीमा विवाहमा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ । 


इटहरी–६ स्वागत टोलमा भएको विवाहमा  कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो । 

पटेल केटी पक्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी–६ का २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह छन् ।

प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट गम्भीर घाइते अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा मृत्यु पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।