प्रेस सेन्टर कोशी अध्यक्षमा राई निर्वाचित

न्युजलय १३ माघ २०८१, आइतबार ०५:२५ मा प्रकाशित

विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिव ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनीता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानियाँ, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नवीन सुनाम र दिपक अधिकारी छन् ।

कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ केशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना दिएका थिए ।