थप १ सय १२ जनामा कोरोना संक्रमण

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०९:५८ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६,०८१ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाको मृत्यु भएको छ ।