हतुवागढीमा पहिलो पटक स्नुकर प्रतियोगिता, विजय मोक्तान विजयी

अर्जुन राई अपहेलित २ माघ २०७८, आइतबार ०१:१० मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका १ घोडेटार स्थित खुला स्नुकर प्रतियोगिता सम्पन्न भएको छ ।

आज (शनिबार) माघे संक्रान्ती तथा किरात संवत् येले दोङ ५०८२ को अवसरमा रेड स्नुकर हाउस घोडेटारको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । 

हतुवागढी गाउँपालिका अन्तर्गतका १७ जना खेलाडिहरुको सहभागिता रहेको उक्त स्नुकर प्रतियोगितामा घोडेटार बजारका विजय मोक्तान विजेता बनेका हुन् । प्रतियोगिता विजेता बनेका विजयलाई नगद रु। पाँच हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगिताको उपविजेता बनेका सञ्जय मोक्तानलाई प्रमाणपत्र पत्र प्रदान गरेर सम्मान गरिएको हो । 

कोरोना भाईरसका कारण सरकारद्धारा तोकिएको मापदण्ड अपनाई हतुवागढीमा पहिलो पटक स्नुकर प्रतियोगिता आयोजना गरिएको रेड स्नुकर हाउसका संचालक नवीन भुजेलले जानकारी दिए । 

सञ्चाकल भुजेलले आगामी वर्ष अझ अनुशासित र मर्यादित बनाई बृहत् रुपमा प्रतियोगिता आयोजना तथा स्नुकर खेलको विकासको लागि हतुवागढी खेलकुद विकास समितिले पनि स्नुकर खेललाई समावेश गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

मिलन राईको उपस्थितमा हिजो र आज गरि दुई दिन सम्म प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।