सुनसरी । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई इनरुवाबाट पक्राउ गरेको छ ।
सुनसरीको बराह नगरपालिका–१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इनरुवाबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ ।
आचार्यले काठमाडौं महानगरपालिका–१८ मा पीडित महिलालाई विवाह गर्ने भन्दै डर, त्रास देखाएर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।