जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

न्युजलय १५ मङ्सिर २०७८, बुधबार ०४:३६ मा प्रकाशित

 जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–२ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस यात्रुवाहक बस बुधबार (आज) बिहान दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार घाइते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्सबाट सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईदैछ।

अहिले घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँसहित सुरक्षा टोली गइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।