इटहरीको जनता माविलाई पुर्व विद्यार्थीले दिए सात थान ल्यापटप

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०३:०२ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयलाई पुर्व विद्यार्थीले सात थान ल्यापटप उपलब्ध गराएका छन् ।


अमेरिकामा बसोवास गर्दै आएका उक्त विद्यालयका पुर्व विद्यार्थी सुनिल बस्नेतले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुर्याउने उद्धेश्यले विद्यालयका लागि ल्यापटप उपलब्ध गराएका हुन् ।


पुर्व विद्यार्थी समाज जनता माविको आयोजना तथा पुर्व विद्यार्थी वाबुराम प्रधानको संयोजकत्वमा ल्यापटप हस्तान्तरण कार्यक्रममा बस्नेतकी आमा शुशिला बस्नेत दिदी विना बस्नेत, पुर्व विद्यार्थी समाजका अध्यक्ष संजोग पराजुलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगाल, निमित्त प्रध्यानाध्यापक पशुपति सिग्देललाई ल्यापटप हस्तान्तरण गरे । 


सोही कार्यक्रममा पुर्व विद्यार्थी समाजको तर्फबाट निमित्त प्रध्यानाध्यापक सिग्देललाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । 


कार्यक्रममा जनता माविका पुर्व विद्यार्थी तथा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतका पुर्व विद्यार्थीहरुले आफु अध्ययन गरेको विद्यालयलाई शैक्षिक गतिविधि सुधारका लागि सहयोग गर्नु पर्नेमा जोड समेत दिएका थिए ।