आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

न्युजलय ६ माघ २०७८, बिहिबार ०४:५४ मा प्रकाशित

सर्लाही । सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

घरमै आगो तापिरहेको अवस्थामा गोडैता नगरपालिका–११ की देवकली देवीको जलेर मृत्यु भएको हो ।

अत्यधिक चिसो बढेपछि ७५ वर्षीया देवकली बुधबार साँझ आफ्नै घरमा आगो तापिरहँदा उनको शरीरमा आगो सल्किएको थियो । 

आगोले जलेर गम्भीर घाइते भएकी देवकलीको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।