काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा सीमित भएको छ ।
आइतबार नेप्सेमा कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।