उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्युजलय २ चैत २०७८, बुधबार ०८:०७ मा प्रकाशित

उदयपुर । उदयपुरको बेलका नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान स ७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी बेलका नगरपालिका–३ कि ७६ वर्षीया राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ ।