पश्चिम बङ्गालमा चट्याङ्गका कारण ११ जनाको मृत्यु

न्युजलय ४ जेठ २०८१, शुक्रबार ०६:०४ मा प्रकाशित

काठमाडौँ । भारतको पश्चिम बङ्गाल राज्यमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ ।

राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ । चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ । 

मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड भएको बताइएको छ ।