काठमाडौंबाट काकड्भिटातर्फ आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

न्युजलय २३ साउन २०७९, सोमबार ०४:०० मा प्रकाशित

काठमाण्डौ । काठमाडौंबाट काकड्भिटातर्फ आउँदै गरेको बस धनुषाको वीरेन्द्रबजारमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।