काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।
राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ।
राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन्। प्रमुख विपक्ष एमालेले भने विपक्षमा मतदान गरेको थियो।
९२ सदस्यीय प्रदेश सभामा ७९ सांसद सदनमा उपस्थिति थिए। कार्तिक १६ मा ४९ सांसदको समर्थन सहित राई मुख्यमन्त्री बनेका थिए।