प्रधानमन्त्री कपः प्रदेश १ को शानदार सुरुवात

न्युजलय ३ पुस २०७८, शनिवार ०७:५२ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ जित हात पारेको छ ।

प्रदेश १ ले शनिबारको उद्घाटन खेलमा कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित हात पारेको हो ।

१६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६ रन मात्रै बनाउन सक्यो ।कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ  रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

पारीको पहिलो बलमै विकेट गुमाए पनि कप्तान रूविना क्षेत्री र अप्सरी बेगमले दोस्रो विकेटका लागि १६६ रनको उत्कृष्ट साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलसम्म पुर्याएका थिए ।

कर्णालीका लागि दुवै विकेट दिव्या धामीले लिइन् ।