काठमाडौं । पिपुल्स पावरको आइपिओ आइतबार बाँडफाँट भएको छ।
बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन्।
जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।
कम्पनीको आइपिओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकोमा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको थियो।
सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।