घट्यो सुनको मूल्य

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०५:३२ मा प्रकाशित

 काठमाडौं । बुधबार(आज) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।