होटल तथा पर्यटन व्यवशायलाई थप मर्यादित र प्रतिष्पर्धी बनाउने बारे छलफल

न्युजलय २० असोज २०८१, आइतबार ०१:२४ मा प्रकाशित

इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र होटल तथा लज ब्यावसायी समितीले इटहरीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । दशै तिहार तथा छैठ पर्वको अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरुले व्यशायिक चुनौतिहरुको बारेमा समेत छलफल गरेका थिए । 


पछिल्लो परिस्थीतिमा होटल तथा पर्यटन क्षेत्रलाइ कसरी अगाडी बढाउने भन्ने विषयमा वक्ताहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा सहभागि सुरक्षा प्रमुखहरुले सुरक्षा व्यवस्थापनका विभिन्न पक्षमा स्पष्ट पारेका थिए । 


सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन तिम्सीनाले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको जानकारी दिएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निजी क्षेत्रले रिसर्चलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 


जिल्ला होटल तथा व्यवसायि सघंका अध्यक्ष तेज बहादुर पुरीले सबै होटल तथा पर्यटन व्यवशायीहरुलाई मर्यादित भएर अघि बढ्न आफूहरुले आग्रह गरेको बताउँदै आचार संहिता विपरित काम गर्नेलाई कारवाही गर्न सहयोग गर्ने बताए । 


होटल तथा लज व्यावसायी समितीका अध्यक्ष उमानाथ दाहालको संयोजनमा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका सुनसरी निर्देशक तुलसी कट्टेल, होटल व्यावसायी महासंघका उपाध्यक्ष रविन गौतम, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती दिनेश भट्टराई, होटल व्यावसायी महा संघका पुर्व उपाध्यक्ष मणिन्द्र कटवाल, इटहरी बसपार्क व्यवस्थापन समितीका अध्यक्ष काजी राईलगायतको सहभागिता रहेको थियो ।