एलन मस्कले १ अर्ब ५० करोड ट्वीटर खाता डिलिट गर्ने

न्युजलय २४ मङ्सिर २०७९, शनिवार ०१:१८ मा प्रकाशित

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरका सीईओ इलोन मस्कले १ अर्ब ५० करोड ट्वीटर अकाउन्ट हटाउने बताएका छन्।

  

केही समयअघि मस्कले ट्वीट गर्दै छिट्टै यसका लागि काम अघि बढाइने बताएका हुन्।


अर्को ट्विटमा उनले यसबारे थप स्पष्ट पादैै भनेका छन्, ‘कुनै ट्वीट नगरिएका र वर्षौंदेखि लगइन नभएका एकाउन्टहरू हटाइने छ।’