कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

न्युजलय ३२ असार २०८१, मङ्गलबार ०८:०५ मा प्रकाशित

काठमाडौँ  । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएका छन् ।   सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबिच विभाजित भएको छ  र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दावी गर्दछ । 

 विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । 

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मू क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन सुरु गरेको बताएको छ ।