विदेशमा झण्डै चार महिनाको उपचारपछि माओवादी नेता पुन सोमबार नेपाल फर्कँदै

न्युजलय ८ माघ २०७८, शनिवार ०८:१८ मा प्रकाशित

 काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार(पर्सि) नेपाल आउने भएका छन् ।

उपचारको लागि गएको असोजमा थाइल्याण्ड गएका  नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन गएका थिए ।

उनको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको जनाइएको छ ।

पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । बर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

पुसको ११ गतेदेखि काठमाण्डौमा भएको माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए पनि पदाधिकारीको टुंगो लागेको छैन ।