काठमाडौं । सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।
नियमित खोप कार्यक्रममा राखेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आउँदो चैत २५ देखि वैशाख १८ गतेसम्म सो खोप अभियान सञ्चालन गर्न लागेको हो ।
सरकारले यसअघि पनि यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिएको भएपनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको बताइएको छ ।
ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।