काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा आइतवार(भोली) देशभरका अदालतमा शोक बिदा हुने भएको छ।
शर्माको बुधवार नै निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा बिदेशबाट फर्किएपछि शनिवार शर्माको अन्त्येष्टि गरिएको हो।
सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले बताए।
शर्माको बुधवार निवास कमलपोखरीमा निधन भएको थियो। उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म शर्मा प्रधानन्यायाधीश रहेका थिए।