इटहरीमा १४ जना सहित प्रदेश १ मा थप १०८ जनामा कोरोना पुष्टि

न्युजलय ७ कार्तिक २०७८, आइतबार १२:२० मा प्रकाशित

इटहरी । इटहरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


२९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १(१ जनामा सङ्क्रमण देखिएको हो ।


यस्तै, इटहरीमा १४ जनामा कोरोना देखिएको इटहरी अस्पतालले जनाएको छ ।  


प्रदेश १ मा आज १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।