काठमाडौ । नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । पत्र इन्टरनेट प्रदायकलाई पठाइसकिएको बताइएको छ । जुनसुकै बेला टिकटक बन्द हुन सक्ने नेपाल सरकारले जनाएको छ ।
विकृती बढेको र नियमन गर्न नसकेको भन्दै मन्त्रीपरिषदले यस्तो निर्णय गरेको हो ।
टिकटक बन्दको निर्णयसँगै सामाजिक सञ्जाल दुई भागमा विभाजित भएको छ । एउटा समुहले अभिव्यक्ति स्वतन्त्रताको विपरीत भएको र नियमन गर्नुपर्नेमा बन्द गरेको भन्दै निर्णयको विरोध गरेको छ । केहीले भने टिकटकले विकृती फैलाएको र मानिसलाई आर्थिक, सामाजिक रुपमा नोक्सान गरेको भन्दै निर्णयको समर्थन गरेका छन् ।