इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बुधबार इटहरीको आँपगाछी चोक नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा युवकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी ५ तुलसा टोल बस्ने नीरज बजगाईँ रहेका छन् । यद्यपि, उनको लाइसेन्स भएको ठेगाना भने इटहरी २ को रहेको प्रहरीले जनाएको छ ।
उनी घटनामा गम्भीर घाइते भएको र उपचारका लागि न्यूरो अस्पताल लगिएको भएपनि उपचारकै क्रममा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–०५४ प १७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।