बैतडी जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०३:०४ मा प्रकाशित

बैतडी । बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।


गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीकाअनुसार गम्भीर घाइते भएका जीप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।  


दुर्घटनामा दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ ।