झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदालत झापाबाट म्याद थप अनुमति पनि पाएको छ ।