सर्लाहीमा जीप दुर्घटना, २१ जना घाइते

न्युजलय २४ माघ २०७८, सोमबार ०३:०३ मा प्रकाशित

काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिका–४ मा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।


घाइतेमध्ये जीपमा सवार सिन्धुलीका २९ वर्षीय गोपी विकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका गोपीसहित आठ जनालाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकलमा कलेज पठाइएको छ । अरू घाइतेहरूको स्थानीय हरिवन अस्पतालमा उपचार भइरहेको छ ।

 

ना५ज २३ ४९ नम्बरको जीप आइतबार बेलुका करिब साढे ७ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।