नेप्से ५.११ अंकले घट्यो

न्युजलय २५ साउन २०७९, बुधबार ०९:११ मा प्रकाशित

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २०५७ अंकमा झरेको छ । 

नेप्से आज ५.११ अंकले घट्यो । कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ९३ करोडमा खुम्चियो । 

बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जलविद्युत् १२, जीवन बीमा ९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा १५, अन्य ६ र ब्यापार उपसमूह ३१ अंक घटे । 

उत्पादन उपसमूह भने २७ अंक बढ्यो । कुल ५६ कम्पनीको मूल्य बढ्यो भने ११९ घट्यो, ७ को स्थिर रह्यो । हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढयो । युनिलिभर नेपालको ४.३ प्रतिशत बढ्यो ।