७४ अंकले बढ्यो नेप्से

न्युजलय १६ असार २०७९, बिहिबार ०९:२६ मा प्रकाशित

काठमाडौं । शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ ।

बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ । 

बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयर ४७ हजार पटक कारोबार भएको छ ।

बिहीवार बजार बढेको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोल जलविद्युत् कम्पनी र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।