इटहरी । प्रदेश १ का नवनियुक्त यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशका यातायात व्यवासायी र सञ्चार क्षेत्रको हितमा काम गर्ने बताएका छन् । कोरोना महामारीका कारण थलिएको सञ्चार जगत र क्षतिपुगेको यातायात क्षेत्रको पुर्नउत्थानका लागि आफू मन्त्री हुँदा सकेसम्म प्रयास गर्ने बताएका हुन् ।
त्यसका लागि आफूले व्यवसायीमैत्री नीति बनाउने उनको प्रतिवद्धता छ । त्यसका लागि सरोकारवाल सबै निकायसँग आफूले छलफल गर्ने उनको भनाइ छ । ‘मैले चाहिँ सबैसँग छलफल गर्ने छु, सरोकारवाला व्यक्ति, सरोकारवाल व्यक्तिसँग’, मन्त्री घिमिरेले भने, ‘उहाँहरुसँग छलफल गरेर अहिले भएका/देखिएका जनताले भोग्नु परेका, व्यवसायीले भोग्नु परेका समस्या समाधानमा लाग्ने छु । जस्तै सञ्चारको क्षेत्रमा व्यवसायीक अनुनिकिरणको सवालहरु छन् । यातायतको क्षेत्रमा व्यवसायीक इज्जत इमानको कुरा छ । त्यसका लागि म काम गर्नेछु ।’
व्यवसायीले सरकारलाई कर तिरे विकासको लागि गुण लगाएको उनको भनाइ छ । त्यो गुन उद्दार नीति बनाएर या व्यवसायीक हितका काम गरेर प्रदेश सरकारले पूर्ती गर्ने उनको भनाई छ ।
‘सरकारलाई कर तिर्ने व्यवसायी साथीहरुको इज्जतसँगै उहाँहरुलाई सम्मान हुनेगरिको काम अनि हाम्रो कर्मचारी कर्मचारी प्रशासनबाट कहिँ कतै त्रुटि भएको छ, कहि झन्झट भएको छ कहि दुख दिने काम भएको छ भने ती सबै कुरालाई हामी छलफलद्वारा निराकरण गरेर/सहजिकरण गरेर जाने गरि योजना बनाउँछु ।’ उनले यातायात व्यवसायीले नै प्रदेशमा ४० प्रतिशत् कर भूक्तानी गर्दै आएको जानकारी दिए ।