रहेनन् चर्चित सङ्गीतकार गुरुदेव कामत

न्युजलय १७ साउन २०८१, बिहिबार ०५:२९ मा प्रकाशित

लहान । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै विवासमा बिहीबार विहान निधन भएको हो । 

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो ।

आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए ।