सोलुखुम्बुमा इन्टरनेट अवरुद्ध हुँदा राहदानी वितरण सेवा ठप्प

न्युजलय २ भदौ २०७९, बिहिबार ०९:३५ मा प्रकाशित

सोलुखुम्बुमा । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा इन्टरनेट अवरुद्ध हुँदा राहदानी वितरण सेवा ठप्प भएको छ । 

चट्याङका कारण इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या देखिएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीका अनुसार पछिल्लो पाँच दिनदेखि राहदानी वितरण गर्न सकिएको छैन । राहदानी वितरणको काम रोकिएपछि सेवाग्राहीले सास्ती भोगेका छन् ।

प्राविधिक टोलीले इन्टरनेट मर्मतको काम गरिरहेको बताइएको छ । अझै पनि इन्टरनेट अवरुद्ध रहेकाले पूर्ण रुपमा मर्मत नभएसम्म राहदानी सेवा सुचारु गर्न नसकिने प्रशासन कार्यालयले जनाएको छ ।