मारवाडी युवा मंच, इटहरीको आयोजनामा क्रिकेट ब्याटल हुँदै

न्युजलय १० चैत २०७८, बिहिबार १०:२९ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीमा ‘स्वास्थ्यको लागी खेलकुद, खेलकुदको लागी स्वास्थ्य’ भन्ने मुल नाराका साथ क्रिकेट ब्याटल हुने भएको छ ।

बिहिवार इटहरीको होटल इन टुरिष्टमा पत्रकार सम्मेलन गर्दै चैत १२ गते शनिबार प्रतियोगीता हुने जानकारी दिइएको हो । मारवाडी युवा मंच, इटहरीको आयोजनामा इटहरी स्थित ग्लोबल डिभीएम स्कुलको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

बिहान ७ बजे उद्घाटन हुने प्रतियोगीतामा बिर्तामोड, बिराटनगर, धरान र दुहबीबाट ८ टीम खेल्न आउने र फाईनल खेल सोही दिन ३ः३० बजे हुने आयोजकले जनाएको छ ।

बिजेता तथा दोस्रो स्थानमा आउने टीमलाई आयोजकको तर्फबाट ट्रोफी, मेडल, सर्टिफिकेट प्रदान गरिने आयोजकले बताएका छन् ।

उक्त प्रतियोगीताको मुख्य प्रायोजक आरती स्ट्रिप्स प्रा ली विशेष प्रायोजक अम्बानी होम सोलुशन (गर्ग इन्टरप्राइजेज), सह प्रायोजक मङ्गलम पाइप्पा प्राति क्लासिक मेटरेस, ग्रीन पलाई, डेल्टा टायर, रेड ब्लु इनरजी ड्रिंक र रिसाईयबल चक्र बदाम ड्रिंक रहेका छन् ।

कार्यक्रममा निःशुल्क प्रवेश गर्न सकिने र प्रतियोगिताको फाईनल खेल पछि दर्शकहरु मध्ये गोला प्रथाबाट एक जना भाग्यशाली दर्शकले पाचँ हजार रूपैयाँ समेत जित्ने प्रतियोगिताका संयोजक निशान्त केडियाले बताए ।

खेलको माध्यमबाट समाजमा सेवा गर्ने उद्देश्य राखेर आयोजना गरिएको यस प्रतियोगिताको माध्यमबाट इटहरीको दुर्गम क्षेत्रमा पर्ने सरकारी स्कुलमा निशुल्क सेनेटरी वितरण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

इटहरी उपमहानगर सगँको सहकार्यमा ५ वटा स्कुलमा ३० मिनेटको कार्यक्रम गर्ने जसमा मिनेट १० सुरक्षाकर्मीहरुद्वरा परी आएको खण्डमा ब्यक्तिगत सुरक्षा कसरी गर्ने भनेर जानकारी दिने ,१० मिनेट उद्यमशीलता बिषयमा जानकारी दिने र १० मिनेट सेनेटरि प्याडको महत्व र यसको प्रयोग बिषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।