इटहरीकी महिलालाई धरान बोलाएर हत्या, शव फाल्न लाग्दै गर्दा पक्राउ

न्युजलय १५ भदौ २०८०, शुक्रबार ०१:१६ मा प्रकाशित

सुनसरी । पैसाको लेनदेन विवादका क्रममा इटहरी २ की यशोदा श्रेष्ठको हत्या गरिएको छ । धरानमा बोलाएर धरान १७ का टेकबहादुर दर्जीले हत्या गरेको बताइएको छ । ४४ बर्षिय श्रेष्ठको शव जंगलमा फाल्न लैजाँदै गर्दा दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।


दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । 


हत्यामा सम्लग्न दर्जीलार्इ पक्राउ गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।