भक्तपुरमा एक महिलामाथि तेजाब प्रहार

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०१:१३ मा प्रकाशित

काठमाडौं । भक्तपुरमा एक महिलामाथि तेजाब र छुरा प्रहार भएको छ।


सूर्यविनायक–४, गाम्छा की ६० वर्षीय पूजा गुभाजुलाई आइतबार साँझ उनका श्रीमानले हानिकारक रसायन प्रहार गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। तेजाब हो की अन्य केमिकल त्यसको विषयमा अनुसन्धान भइरहेको शर्माले बताइन् ।


घाइतेलाई छुरा समेत प्रहार भएको प्रहरीले जनाएको छ।


गम्भिर घाइते गुभाजुलाई कीर्तिपुर अस्पतालमा पुर्याइएको छ। इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।