संखुवासभामा बस दुर्घटना हुँदा दश जनाको मृत्यु

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०३:५० मा प्रकाशित

संखुवासभा । संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार दश जनाको मृत्यु भएको छ । 

दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ । उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ ।