सुनको भाउ बढ्यो

न्युजलय ९ माघ २०७९, सोमबार ०५:२६ मा प्रकाशित

  काठमाण्डौ । सोमबार(आज) सुन चाँदीको भाउ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।