बञ्चरो प्रहार गरी बुबाको हत्या

न्युजलय १७ माघ २०७८, सोमबार ०६:४० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा बञ्चरो प्रहार गरी एक युवकले आफ्नै बुबाको हत्या गरेका छन् । 

आइतबार राति जिल्लाको लालझाडी गाउँपालिका–२ का २५ वर्षीय रामबिलास रानाले आफ्नै बुबाको हत्या गरेका हुन् ।

४० वर्षीय बुवा ठग्गु रानालाई रामबिलासले बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाइएको छ ।

उनले बञ्चरो प्रहारबाट रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जग्गाको विषयमा विवाद हुँदा रामबिलासले बुबाको हत्या गरेको हुन् ।