काठमाडौं । स्थानीय तह निर्वाचन आचार संहिता लागु भएकै दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का भाई नारायणप्रसाद दाहाल (चितवन) राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्।
सरकारको सिफारिशमा दाहाललाई सांसद मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
दाहाल २०६४ सालको संविधान सभामा चितवनबाट सभासद बनेका थिए। २०७० को चुनावमा भने उनी पराजित भएका थिए।