साथीको हत्या गर्ने दुई जना पक्राउ

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०६:२६ मा प्रकाशित

काठमाडौं । साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

बुढानिलकण्ठ नगरपालिका–५ मा मंगलवार ३२ वर्षीय मानबहादुर रावतको शव फेला परेको थियो ।

जग्गा प्लटिङ गरेको स्थानमा मृत भेटिएका रावतको हत्या गरेको अभियोगमा प्रहरीले बुढानिलकण्ठकै १९ वर्षीय याकु चौधरी र हरी पासवानलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मादक पदार्थ र लागूऔषध सेवन गरेर झगडा हुँदा हत्या गरेको खुलेको छ ।