ताप्लेजुङमा दाउरा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

न्युजलय १३ चैत २०७८, आइतबार ०६:०७ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा थप तीनजना घाइते भएका छन् । 

शनिबार राति फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा सो गाउँपालिका–८ का २८ वर्षीय रूपेश राईको मृत्यु भएको हो । 

उनको दाउरा लिएर दक्षिणतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।